आज: २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

बागमती प्रदेशका गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार सेवा


  • चौतारीपाटी
  • २०८० आश्विन १०, बुधबार मा प्रकाशित १ साल अघि
  • ४९२ पाठक संख्या
  • चितवन । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ । मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएकोे हो । मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा खगेश्वर गेलालका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको छ ।

    यसबारे मन्त्रालयले निर्देशिका बनाएर मन्त्रिपरिषद्बाट पारित गरी प्रदेश राजपत्रमा प्रकाशित गरिसकिएको र केही दिनमै प्रदेश निर्देशनालयमा कार्यान्वयनका लागि पठाइने र निर्देशनालयले १३ वटा जिल्ला स्वास्थ्य कार्यालयमा पत्राचार गर्ने छ । यससँगै हेलिकप्टर कम्पनीसँग सम्झौता गरेर काम अघि बढाइने उनले जानकारी दिए ।

    मन्त्रालयले प्रदेशभित्रका १३ वटा प्रदेश अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र धुलिखेल अस्पतालमा पु¥याइएर उद्धार गरिएका गर्भवती र सुत्केरीको उपचारको व्यवस्था पनि गरेको छ ।
    स्वास्थ्यमन्त्री उत्तम जोशी नियुक्त हुँदा पहिलो निर्णय जोखिममा रहेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिने कुरा उल्लेख गरेका थिए । सोही विषय कार्यान्वयन गर्न निर्देशिका बनाएर काम अघि बढाइएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट