आज: २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

महिलाको सामूहिक प्रयासमा ‘पाहाँ छें’ सञ्चालन


  • चौतारीपाटी
  • २०८० आश्विन १६, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • २०३ पाठक संख्या
  • धुलिखेल ।। बिस्तारै बजार सुनसान हुँदै जाने र आर्थिक हिसाबमा सुधार गर्न आवश्यक देखिएपछि यहाँका महिलाहरुको सामूहिक प्रयासमा नेवारी परिकारको स्वाद लिन पाउने गरी पाहुना खाजा घर सञ्चालनमा ल्याएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पुरानो बजारका विभिन्न पेसा व्यवसायमा आबद्ध महिलाहरुले सामूहिक रुपमा ‘पाहाँ छें’ नेवारी खाजा अर्थात् पाहुना खाजा घर सञ्चालनमा ल्याएका हुन् ।

    लोप हुँदै गएको नेवारी परिकार तखाला ९छाला र हड्डीसहितको मासुलाई गालेर पकाएको थलथली०, योमरी र सांगाख्वा विशेष खाजाको परिकारको स्वाद लिन पाइन्छ । एकातिर बजार क्षेत्र सुनसान बन्दै गएको र अर्कोतिर घरमा बिहान–बेलुकाको काम सकेपछि फुर्सदमा रहेका कारण आफूहरुले आम्दानीको नयाँ आधार खोज्ने क्रममा पाहाँ छें सञ्चालन गरेको उनीहरुको भनाइ छ । “बजारमा थप चहलपहल बढाउन र दिनभरिको समयलाई सदुपयोग गर्दा आम्दानी पनि हुने भएकाले सामूहिक रुपमा पाहुना खाजा घर सञ्चालनमा ल्याएका हौँ”, पनौती नगरपालिका–७ का सुनिता श्रेष्ठले भनिन् ।

    नेवारी परिकार बारा, योमरी, चटामरी लगायतका सबै प्रकारका खाजाको परिकार एकै ठाउँमा पाउने गरी खाजा घर सञ्चालनमा ल्याएको उउनको भनाइ छ ।

    अर्का सञ्चालक अम्बिका रघुश्रेष्ठ बुटिक कामको अलावा सञ्चालनमा आएको खाजा घरमा पनि संलग्न रहेकी छन् । ब्युटीपार्लर व्यवसायी रमा कर्माचार्य पनि त्यसको अलावा खाजा घरमा संलग्न भएर काम गरेकी छन् । नेवारी खाजाको प्रचारप्रसार गर्नाका साथै पनौती बजारमा आउने पाहुनालाई नेवारी परिकारको रैथाने स्वाद चखाउनका लागि यो व्यवसाय रोजेको कर्माचार्यको भनाइ छ । व्यवस्थापन र सञ्चालनमा आफूहरु नै खटिरहेको उनीहरुले अर्को एक जनालाई रोजगारीसमेत दिएका छन् ।

    पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले आन्तरिक पर्यटकलाई आकर्षण गर्नका लागि सञ्चालनमा ल्याएको पाहुना घरमा हरेक दिन भिन्न प्रकारको परिकार उपलब्ध गराउँदै आकर्षणको थलो बनेकाले यसमा केन्द्रले आवश्यक सहयोग गरेको बताए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट