आज: २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

गोली लागेर घाइते शर्मिलाको उपचारको क्रममा मृत्यु


  • चौतारीपाटी
  • २०८० आश्विन १९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • २१८ पाठक संख्या
  • काठमाडौँ । काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको हो ।

    यही असोज १० गते काठमाडौँ महानगरपालिका–४ पञ्चकन्यास्थित आफ्नै डेरामा गोली लागेको अवस्थामा भेटिएकी चौधरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

    मृतक चौधरी नौ दिन अघि उनका श्रीमान् नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते भएको अवस्थामा निवासमा भेटिनुभएको थियो । उनको कोखामा एक राउन्ड गोली लागेको अनुसन्धानबाट खुलेको छ । लक्ष्मण चौधरी पूर्वआइजिपी ध्रुवबहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)समेत रहनुभएको छ । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट