काठमाडौं । तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार आजबाट सुरु भएको छ । २८५९ ह्योरी तावार-बिरालो ल्होको अबसरमा काठमाडौंको टुडिखेलमा आजबाट तीन दिन सम्म महोत्सव हुनेछ ।
तामाङ जातिको सामाजिक,सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान रहेको भन्दै तामाङहरुको छाता संगठनहरु मिलेर संयुक्तरूपमा ल्होछार कार्यक्रम संचालन गर्ने तयारी गरेको हो ।
तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ, राष्ट्रिय तामाङ घेदुङ लगायत विभिन्न संघसंस्थाहरुको सहभागीतामा टुँडिखेलमा आज शुक्रबार, शनिबार र आईतावार ल्होछार पर्वलाई हर्षौल्लासका साथ मनाउँने तयारी गरेका छन् ।
तीन दिनसम्म मनाउने महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरु ताम्बा, बोन्पो तथा लामा गुरुहरुद्धारा विशेष पूजापाठ , सांस्कृतिक झाँकी प्रदर्शन देखि मंगोलिय हर्ट (राजु लामा)को लाइभ कन्सर्ट, डिजे तेन्जिङको विशेष प्रस्तुतिदेखि ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, नृत्य, दोहोरी, डम्फू सेलो, म्हेन्दोमाया प्रस्तुतिहरु हुनेछन् ।
प्रतिक्रिया दिनुहोस