आज: २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने


  • चौतारीपाटी
  • २०८० आश्विन २६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १९४ पाठक संख्या
  • काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण हाल देशभर आंशिक बदलीका साथै सामान्यतया मौमस सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमसविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    काठमाडौँको अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता छ किलोमिटरभन्दा धेरै रहेको मौसमविद् लामिछानेले जानकारी दिए । आज काठमाडौँमा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको र दिउँसोतिर आंशिक बदली रही एकरदुई स्थानमा क्षणिक वर्षा हुनसक्ने उनले बताए ।

    आज राति कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट