आज: २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

नेपाल सुपर लिग : पोखरा एनएसएलको प्लेअफमा


  • चौतारीपाटी
  • २०८० पौष ४, बुधबार मा प्रकाशित ८ महिना अघि
  • २६७ पाठक संख्या
  • काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बुटवल लुम्बिनी एफसीमाथि १-० को जितसँगै पोखरा थन्डर्स प्ले अफमा पुगेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखराले शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गर्न सफल भयो ।

    पोखरा १४ अंकसहित शीर्ष स्थानमा रहँदा धनगढी १२ अंकका साथ दोस्रो स्थानमा छ । अन्तिम खेलमा पोखराले अब धनगढीसँग खेल्ने छ । उक्त खेलमा पोखरा पराजित हुँदा पनि प्लेअफ पुग्ने छ ।

    निर्धारित ९० मिनेट भित्र कुनै गोल नभएपछि ५ मिनेट थपिएको अतिरिक्त समयको पहिलो मिनेटमा पोखराले गोल गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट