आज: २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

धरानमा कविशिरोमणिको जन्मजयन्ती


  • चौतारीपाटी
  • २०८० पौष १५, आईतबार मा प्रकाशित ११ महिना अघि
  • १८२ पाठक संख्या
  • धरान । कविशिरोमणि लेखनाथ पौड्यालको १४० औँ जन्मजयन्तीका अवसरमा धरान उपमहानगरपालिका।–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणि पौड्यालको शालिकमा माल्यार्पण गरेर कविवरको जन्मजयन्ती मनाइएको छ ।

    कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेशका पूर्वप्रमुख प्राडा गोविन्द सुब्बा तुम्बाहाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेपाली साहित्यको श्रीवृद्धिमा कवि पौड्यालले अतुलनीय योगदान गर्नुभएको उल्लेख गर्दै उहाँले कविवरको योगदान युवा पुस्ताले बिर्सन नहुने बताए ।

    कार्यक्रमका अतिथि प्रा डा टङ्कप्रसाद न्यौपानेले कविशिरोमणि पौड्याल जीवनकालमै रथयात्रा गरिएका पहिलो साहित्यकार हुन् भने । त्यस्तै अर्का अतिथि प्रा डा गोपाल भण्डारीले नेपाली साहित्याकासका उज्ज्वल नक्षत्र पौड्यालले अमर कृति एवं सार्वकालिक रचनाका कारण कविशिरोमणिको उपाधि पाउनुभएको बताए । उनका कवितामा मानव जीवनका विविध पक्ष समेटिएका उनले बताए । कार्यक्रममा प्रा डा खेम दाहाल, प्रा डा वंशीधर कट्टेलले कविशिरोमणिका विविध रचना वाचन गरेका थिए ।

    आयोजक संस्थाका अध्यक्ष सिद्धिकर्ण शर्माले हरेक वर्ष लेखनाथको सम्झनामा उहाँको योगदानको चर्चा गर्दै जन्मजयन्ती मनाउने गरिएको बताए । जन्मजयन्तीकै अवसरमा आगामी माघमा कविता प्रतियोगिता आयोजना गरिएको उहाँले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट