आज: २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी


  • चौतारीपाटी
  • २०८० पौष २०, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • २११ पाठक संख्या
  • गण्डकी । पोखरामा आजदेखि प्रथम प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु हुने भएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजना सञ्चालन हुने प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ ।

    प्रदर्शनीको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवद्र्धक रहेको उक्त प्रदर्शनीमा ७० भन्दा बढी प्रदर्शनी कक्ष रहने पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजारभन्दा बढी प्रकारका उपकरण तथा प्रविधिका सामग्रीे प्रदर्शनीमा राखिनेछ ।

    पोखरा प्रदर्शनी केन्द्रमा हुने सो प्रदर्शनीमा पोखरा महानगरपालिकाले अनुदानमा आफ्ना किसानलाई कृषि उपकरण र सामग्री वितरणसमेन गर्ने भएको छ । महानगरको कृषि व्यवसाय प्रवद्र्धन समितिको बिहीबार बसेको बैठकले प्रदर्शनीको अवसर पारेर एक सय १६ मिनिटिलर, तीन सय ८५ प्लाष्टिकलगायत सामग्री वितरण गर्ने निर्णय गरेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।

    पोखरामा पहिलोपटक आयोजना हुन लागेको कृषि यान्त्रीकरण प्रदर्शनीबाट यस क्षेत्रका किसानले प्रत्यक्ष लाभ लिने उहाँको भनाइ छ । “कम लागतमा कृषि उत्पादन र बजारीकरणका लागि यान्त्रीकरणलाई अवलम्बन गर्न यो प्रदर्शनीले किसानलाई प्रेरित गर्छ, नयाँनयाँ प्रविधिबारे किसानले सिक्ने र बुझ्ने अवसर पनि पाउँछन्”, महाशाखा प्रमुख कडरियाले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट