मेस्सीलाई अनुशासन कार्वाही : आगामी हुने दुई खेलमा प्रतिबन्ध

संवाददाता January 19, 2021
मेस्सीलाई अनुशासन कार्वाही : आगामी हुने दुई खेलमा प्रतिबन्ध

काठमाडौँ । स्पेनिस फूटबल संघले बार्सिलोनाका कप्तान लियोनन मेस्सीमाथि कार्वाहीस्वरुप आगामी हुने दुई खेलमा प्रतिबन्ध सुनाएको छ ।

केहि दिन अघि स्पेनिस सुपरकपको फाइनल खेलमा एथ्लेटिक बिल्बाओका खेलाडीलाई हातपात गर्दा फूटबल अनुशासन आयोगले उनलाई कार्वाहीको फैसला सुनाएको हो । खेलको १२१ औं मिनेटमामा विपक्षी खेलाडी भिल्लालिब्रेको गर्धनमा हान्दा उनी भुइँमा लड्न पुगेका थिए । रेफ्रीले भिएआरमार्फत मेस्सीले जानीजानी हानेको पुष्टि गर्दै सोझै रातो कार्ड देखाएका थिए । उक्त खेलमा बार्सिलोना ३-२ गोलले पराजित भएका थिए ।

दुई खेलमा प्रतिबन्ध लाग्दा मेस्सीले आगामी ला लिगाको एक खेल र कोपा डेल रे को एक खेल गुमाउनेछ । बिहीबार राती हुने कोपा डेल रे अन्तर्गत कोर्नेल्लाविरुद्धको खेल गुमाउनेछ भने ला लिगा अन्तर्गत इल्चेविरुद्धको खेलमा मेस्सी मैदान बाहिर हुनेछन् ।