कर्नाटक राज्यमा विस्फोट हुँदा आठजनाको मृत्यु

संवाददाता January 22, 2021
कर्नाटक राज्यमा विस्फोट हुँदा आठजनाको मृत्यु

एजेन्सी । भारतको कर्नाटक राज्यमा रहेको शिमोगामा बिहीवार राति ठूलो विस्फोट भएको छ । विस्फोटमा आठजनाको मृत्यु भएको र धेरै घरहरुमा क्षति पुगेको भारतीय संचारमाध्यमले जनाएको छ ।

डाइनामाइट पड्केर विस्फोट भएको प्रहरीले जनाएको उल्लेख गरिएको छ । शिमोगा शहरबाट लगभग पाँच किलोमिटर पर घटना भएको हो । बिहीवार राति १० बजेतिर ठूलो आवाज सुनिएको थियो । स्थानीयहरूले सामाजिक सञ्जालमा यस विस्फोटको उल्लेख गरेका थिए ।

विस्फोटको असर वरपरका घरमा पनि परेको छ ।