ला लिगा : बार्सिलोनाको जित,तेश्रो स्थानमा उक्लियो

संवाददाता January 24, 2021
ला लिगा : बार्सिलोनाको जित,तेश्रो स्थानमा उक्लियो

काठमाडौँ । कप्तान लिओनन मेस्सीविना नै मैदान उत्रेको बार्सिलोनाले लालिगा अन्तर्गतको खेलमा एल्चेलाई सहजै पराजित गरेको छ ।

आज राती सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा डि जोङ र रिकि पुइगीले समान एकएक गोल गरे । खेलको पहिलो हाफको ३९ औं मिनेटमा डि जोङले गोल गरेका हुन् भने दोस्रो हाफको ८९ औं मिनेटमा सुब्सिक्युट खेलाडी पुइगीले गोल गरे । उक्त गोलका लागी डि जोङले असिस्ट गरेका हुन् ।