नाटकीय कमब्याक जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा प्रवेश

संवाददाता February 4, 2021
नाटकीय कमब्याक जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा प्रवेश

काठमाडौँ । ग्रानाडाविरुद्ध नाटकीय कमब्याक जित निकाल्दै बार्सिलोना कोपा डेल रे फूटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गए राती घरेलु टोली ग्रानाडाको लस कार्मेन्स फूटबल रंगशालामा सम्पन्न खेलमा बार्सिलोना ५-३ गोल अन्तरले विजयी भएको हो । बार्सिलोनाको जितमा एन्टोइन ग्रीजम्यान र जोर्डी अल्बाले समान २/२ गोल र फ्रेन्की डि जोङले एक गोल गरे । यस्तै ग्रानाडाका लागी केनेडी,सोलडाडो र भिओले एकएक गोल गरे ।

पहिलो हाफको ३३ औं मिनेटमा केनेडीले गोल गर्दै घरेलु टोलीले अग्रता बनाए । खेलको दोश्रो हाफको दुई मिनेटमा नै सोलडाडोको गोलमा दोब्बर अग्रता बनाए । गोलका लागी बार्सिलोनाले अन टार्गेट सट नहानेका भने होइनन्,तर गोलमा परिणत गर्न असफल भए । खेल ८७ औं मिनेटसम्म चलिरहँदा घरेलु टोलीको जित निश्चिति जस्तै थियो । तर थोरै समयमा खेल बराबरीमा ल्याउन निकै गाह्रो थियो । यस्तो अवस्थामा ८८ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई केही आशा भने बनाए । लियोनन मेस्सीले दिएको पासलाई उनले सजिकै गोलको जाली चुमाए । अब खेल जसरी नि बराबरीमा ल्याउन बार्सिलोनाको प्रयास र लक्ष्य थियो । ताकी थप समयमा गोल नभए पेनाल्टीमा जसरी नि जित्नु छ । यस्तो आशा थप गरिएको दोश्रो मिनेटमा नै पूरा भयो । एन्टोइन ग्रीजम्यानको पासमा डेफेन्डर जोर्डी अल्बाले टिमको लागी दोश्रो गोल गरे ।

थप गरिएको समयमा खेल बराबरीमा सकिए । खेल पुनः ३० मिनेटमा गयो । १०० औँ मिनेटमा ग्रीजम्यानले अर्को गोल गरे । जोर्डी अल्बाकै पासमा उनले गोल गरे । तर १०३ मिनेटमा घरेलु टोलीले खेल ३-३ गोलमा ल्याए । फ्रेन्की डि जोङले १०८ मिनेटमा बार्सिलोनाको लागी अर्को गोल गरे । यस्तै ११३ औं मिनेमा जोर्डी अल्बाले व्यक्तिगत दोश्रो गोल र टिमको लागी पाँचौ गोल गर्न सफल भए । ग्रीजम्यानकै पासमा उनले गोल गरेका हुन् । अन्तिममा नतिजा बार्सिलोनाले कब्जा गरे ।