सातदोबाटोबाट कमान्ड गर्दै देव गुरुङ

संवाददाता February 4, 2021
सातदोबाटोबाट कमान्ड गर्दै देव गुरुङ

काठमाडौं । प्रचण्ड-नेपाल समूहका नेता देव गुरुङ आमहड्तालको कमाण्ड गर्दै सातदोबाटोबाट आएका गाडीलाई सम्झाउँदै फर्काइरहेका छन् ।

‘आज आमहड्ताल हो, गाडी नचलाउनुस है’ भन्दै गाडीहरु फर्काइरहेका छन् ।

काठमाडौं उपत्यकामा आमहड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले बिहानैदेखि काठमाडौंको विभिन्न स्थानमा गाडी तोडफोड र आगजनी गरेका छन् ।

आमहड्तालको अवज्ञा गरेको भन्दै काठमाडौं उपत्यकाको विभिन्न स्थानमा तोडफोड र आगजनी भएको हो । गोंगबूमा एउटा ट्याक्सी पूर्ण रुपमा जलाइएका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दर्जनभन्दा बढी गाडी तोडफोड भएका छन् ।