ओलीको व्यवहारमा सुधार : आमसभामा कसैलाई गरेनन् गाली

संवाददाता February 6, 2021
ओलीको व्यवहारमा सुधार : आमसभामा कसैलाई गरेनन् गाली

काठमाडौं । अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ । मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने अझै केही समय लाग्नेछ । दिनभर पानी पर्ला–पर्ला झैं भएपनि शुक्रबार दरबारमार्गमा चिसो भूईँमा थचक्कै बसेका नेकपा ओली समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीले विकास र समृद्धिको भाषण बर्साइ दिएपछि जुरुक्कजुरुक उठेर उनका पक्षमा नारा लगाए ।

भाषणमा समृद्धि र समाजवादको कुरा गरिएपनि तीन किसिमका वर्ग छुट्टिने गरी कार्यक्रमस्थल मिलाइएको थियो । सत्ताको शक्ति प्रदर्शन शीर्षकमा कान्तिपुर दैनिकले लेखेको छ–पहिले जसरी ओलीले कसैलाई गाली गरेनन् । तुलनात्मक रुपमा भाषण सन्तुलित थियो, चुनावमा केन्द्रीत होऔं भन्ने आह्वान थियो ।