प्रधानन्यायधिशको प्रश्न:यो सरकार नेकपाको हो कि केपी ओलीको ?

संवाददाता February 14, 2021
प्रधानन्यायधिशको प्रश्न:यो सरकार नेकपाको हो कि केपी ओलीको ?

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै परेका रिटमाथि आइतवार पनि सर्वोच्च अदालतमा बहस जारी छ ।
आइतवार सबैभन्दा पहिले रिट निवेदक सन्तोष भण्डारीकातर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सुरु गरे । त्यसपछि रिट निवेदक नेकपा दाहाल-नेपाल समूहका नेता देव गुरुङको तर्फबाट अधिवक्ता दिलमणि पोखरेलले जवाफी बहस गरिरहेका छन् ।
बहसका क्रममा अधिवक्ता पोखरेल र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच रोचक सवाल जवाफ भएको छ । ‘बहुमतको प्रधानमन्त्रीले १०० प्रतिशत प्रतिनिधिसभा विघटन गर्न पाइँदैन’, पोखरेललाई प्रधानन्यायाधीश जबराले सोधे, ‘अहिलेको सरकार केपी ओलीको हो कि नेकपाको ?’
त्यसपछि उनले अहिलेको सरकार केपी ओलीको नभइ नेकपाको भएको अर्को तर्क राखे । ‘नेकपा, नेकपा श्रीमान् ! बहुमत प्राप्त दलको नेताले दलको प्रतिनिधित्व गरेर आउने हो ।’