यमन माझीको ‘आँखी जुदेन’ सार्वजानिक

संवाददाता February 20, 2021
यमन माझीको ‘आँखी जुदेन’ सार्वजानिक

काठमाडौँ । माझी किङको रुपमा परिचित गायक एवं संगीतकार यमन माझी र सरिता माझीको आवाजमा रहेको ‘आँखी जुदेन’ को म्युजिक भिडियो बजारमा आएको छ । भिडियो यमन माझीको अफिसियल युटुब च्यानलमार्फत रिलिज गरिएको हो ।

गीतमा यमन माझी कै शब्द, संगीत रहेको छ भने गीतलाई लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको छ भने मनोज ढंगोलले मिक्सिङ गरेका हुन् ।

म्युजिक भिडियोमा शशीकला माझी, सन्तोष माझी, विक्रम माझी, असुन माझी, अनुप माझी, इश्वर श्रेष्ठ, कविता माझी, सर्मिला माझी, देवेन्द्र माझी, राज माझी, रञ्जना माझी, अस्मिता माझी, सुस्मिता माझी, राजकुमार माझी, सपना माझी, निशा माझीलगायतको अभिनय रहेको छ ।

भिडिओलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् भने दीपक अधिकारीले कोरियोग्राफी उनै यमन माझीले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुस्: https://youtu.be/wzUXBT3yyYI