सेभियामाथि बार्सिलोनाको सहज जित

chautaripati February 27, 2021
सेभियामाथि बार्सिलोनाको सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा अनतर्गत क्याटलन क्लब बार्सिलोनाले सेभियालाई पराजित गरेको छ ।

पाहुना टोली बार्सिलोनाले घरेलु टोली सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनन मेस्सी र ओस्मान डेम्बेलेले समान एकएक गोल गरे । यस खेलमा मेस्सी नायक बने । उनले डेम्बेलेको गोलमा असिस्ट गरेका हुन् । खेलको २९ औं मिनेटमा मेस्सीको पासमार्फत डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।

पहिलो हाफमा १ गोलको अग्रता बनाएको पाहुना टोली बार्सिलोनाले दोश्रो हाफमा थप एक गोल गर्न सफल भए । खेलको ८५ औं मिनेटमा मेस्सीले गोल गरेका हुन् । जितसँगै बार्सिलोना अंकतालिकाको दोश्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाभन्दा २ खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको मड्रीड भन्दा २ अंकले पछि र एक खेल कम खेलेको रियल मड्रीडभन्दा १ अंकले अघि रहेको बार्सिलोना ५३ अंकका साथ दोश्रो स्थानमा उक्लिएको हो ।