बार्यनको फराकिलो जित

chautaripati February 27, 2021
बार्यनको फराकिलो जित

काठमाडौँ । गत संस्करणका लिग विजेता बार्यन म्युनिखले वान एफसी कोल्नमाथि फराकिलो गोल अन्तरले जित दर्ता गरेको छ ।

भर्खरै सम्पन्न भएको खेलमा बार्यनले कोल्नलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । कोल्नलाई सजिलै हराउन चौपो मोटिङले एक गोल, लेवान्डेस्की र जीनब्रीले २/२ गोल गरे । खेलको १८ औं मिनेटमा गोरेत्जकाको पासमा मोटिङले गोल गर्दै बार्यनलाई सुरुवाती अग्रता दिलाए । यस्तै उनकै पासमा लेवान्डेवेस्कीले ३३ औं मिनेटमा टोलीको लागी दोश्रो गोल गर्दै खेललाई दोब्बर बनाए । दोश्रो हाफको ४९ औं मिनेटमा कोल्नका स्खिरीले एक गोल फर्काए पनि बार्यनका सामु टिक्न भने सकेन । लगतै ६५ औं मिनेटमा थोमस मुलरको पासबाट लेवानडेव्स्कीले व्यक्तिगत दोश्रो र टोलीको लागी तेश्रो गोल गर्दै खेललाई ३-१ मा ल्याए । कोल्नले दोश्रो हाफमा खराब खेल खेले । ८२ औं मिनेटमा हर्नानडेजले असिस्ट गर्दा ग्निनब्रीले गोल गरे । उनले नै ४ मिनेटपछि दोश्रो गोल गरे ।