पिएसजीको शानदार जित

chautaripati February 28, 2021
पिएसजीको शानदार जित

काठमाडौँ । फ्रान्सेली लिग वान फूटबल अन्तर्गत पेरिस जेन्ट जर्मन(पिएसजी) ले डिजोनमाथि फराकिलो जित निकालेको छ ।

भर्खरै सम्पन्न भएको खेलमा पिएसजीले डिजोनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा किलियम एम्बाम्पेले दुई गोल,किइन र पेरिइराले समान एकएक गोल गरे ।

पहिलो हाफको छैटौं मिनेटमा किइनने डियलोको पासमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता बनाए । यस्तै ३२ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई दोब्बर अग्रता बनाए । उनैले दोश्रो हाफको ५१ औं मिनेटमा राफिन्हाको पासलाई सदुपयोग गर्दै गोल गर्न सफल भए । यसैगरी ड्र्यासलरको पासमा पेरेइराले ८२ औं मिनेटमा गोल गरे । पिएसजी एक खेल कम खेलेको लिलभन्दा १ अंक घटीसहित लिगको दोश्रो स्थानमा उक्लिएको छ । लिलको ६८ अंक छ भने पिएसजीको ५७ अंक छ ।Z