दुरसञ्चार ऐनलाई समयसापेक्ष संशोधनको तयारीमा सरकार तयार छ : सञ्चारमन्त्री गुरुङ

chautaripati April 12, 2021
दुरसञ्चार ऐनलाई समयसापेक्ष संशोधनको तयारीमा सरकार तयार छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चारमन्त्री पार्वत गुरुङले दुरसञ्चार ऐनलाई समयसापेक्ष संशोधनको तयारीमा सरकार रहेको बताएका छन ।

नेपालको सूचना प्रविधीको अवस्थाका बिषयमा सोमबार काठमाडौमा आयोजित कार्यक्रममा उनले दुरसञ्चार ऐन २०५५ लाई टेकेर समयसापेक्ष संशोधन गरिने बताएका हुन । मन्त्री गुरुङ बिज्ञान र प्रविधिका साथै दुरसञ्चार क्षेत्रको नीतिगत सुधार गर्न सरकार प्रतिवद्ध रहेको र यस बिषयमा सरोकारवालाहरुको सुझाव महत्वपूर्ण हुने बताए ।

उनले अव सेवा प्रदायकहरुले नेपालको सुगममा मात्र नभइ दुर्गम क्षेत्रमा पनि सूचना प्रविधीको समान बितरणको अवधारणा ल्याउनुपर्ने उल्लेख गरे । डिजिटल नेपालको फ्रेमवर्कमा सरकारलाई नीजि क्षेत्रको साथ र सहयोग चाहिने उनले बताए ।

उहाले नेपालमा दुरसञ्चार क्षेत्रमा आउन सक्ने समस्या समाधान गर्न पनि तयार हुनुपर्ने बताए ।