भारतबाट आएका हरिलाल जोशीको मृत्यु, स्थानीय त्रसित

chautaripati April 20, 2021
भारतबाट आएका हरिलाल जोशीको मृत्यु, स्थानीय त्रसित

डोटी । ११ दिन अघि भारतबाट आएका ३४ बर्षका हरिलाल जोशीको मंगलबार मृत्यु भएपछि डोटीको दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका बासिन्दा त्रसित बनेका छन् ।

उनको मृत्युको कारण नखुलेपनि कोरोना संक्रमणबाट मृत्यु भएको आशंकामा स्थानीय त्रसित भएका हुन् । जोशीमा सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट सुरु भएको स्थानीयले बताए ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतक हरिलालका दाजु सिताराम जोशीको शनिबार भारतमै कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

भारतमा उनका दाजुको कोरोनाका कारण मृत्यु भएको हल्लाले शोकसँगै गाउँमा त्रास बढेको स्थानीयले बताए । ‘एकातिर शोकमा डुबेको परिवारका सदस्यहरुलाई सम्झाउनुछ,’ उनले भने ‘अर्कोतिर शव व्यवस्थापनको समस्या छ ।’