नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा अवरुद्ध

chautaripati April 26, 2021
नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा अवरुद्ध

नुवाकोट । नुवाकोट र रसुवामा २४ घण्टादेखि नेपाल टेलिकमको नेटवर्क अवरुद्ध भएको छ।

नुवाकोटको सुदुरपुर्वी क्षेत्र तथा रसुवाको उत्तरी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको हो ।

आइतबार मध्याह्नदेखि नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलको नेटवर्कमा समस्या उत्पन्न भएपछि कोरोना महामारीको समयमा यस क्षेत्रका सर्वसाधारण मारमा परेका छन।

सेवा अवरुद्ध भएको विषयमा नेपाल टेलिकमले भने कुनै जानकारी दिएको छैन ।