विराटनगरकी एक गर्भवती महिलाको कोरोनाका कारण मृत्यु

chautaripati May 6, 2021
विराटनगरकी एक गर्भवती महिलाको कोरोनाका कारण मृत्यु

कोरोना संक्रमणका कारण विराटनगर-५ कोचाखाल निवासी ३७ बर्षीय एक गर्भवती महिलाको मृत्यु भएको छ । उनको विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।

आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि बुधबार अपरान्ह अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको पाँच घण्टापछि उनको उपचारका क्रममा हिजो साँझ ९ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालका जानकारी दिए ।

अस्पतालका प्रबन्धक दाहालले ती महिलामा ज्वरो आउनका साथै श्वासप्रश्वासमा समस्या रहेको थियो ।