रौतहटमा दुई कोरोना संक्रमितको मृत्यु

chautaripati May 6, 2021
रौतहटमा दुई कोरोना संक्रमितको मृत्यु

वीरगन्जस्थित नारायणी उप क्षेत्रीय अस्पतालमा उपचाररत रौतहटका दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फतुवा बिजयपुर नगरपालिका ८ का ७० बर्षीय पुरुष र दुर्गा भगवती गाउँपालिका ७ का ५० बर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बुधबार पनि वीरगंज स्थित नारायणी अस्पतालमा रौतहटका २ जना संक्रमितको मृत्यु भएको थियो । यो सँगै दोश्रो लहरमा रौतहटमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । पछिल्लो केहिदिन देखि जिल्लामा संक्रमितको संख्या तिव्र गतिमा बढिरहेको छ ।

बिहीबार बिहान सम्म जिल्लामा कोरोना संक्रमितको कुल संख्या २१५ पुगेको छ ।