संघीय संसदका सांसदसहित ३८ जनामा कोरोना पुष्टि

chautaripati May 6, 2021
संघीय संसदका सांसदसहित ३८ जनामा कोरोना पुष्टि

काठमाडौं । संघीय संसदका सांसदसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाव संकलन गरिएका ६ सय ९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसदहरू कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक लगायतको पिसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको थियो । हिजो १२८ जना सांसद र कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत ४८१ जना गरि जम्मा ६०९ जनाको स्वाव संकलन गरिएको थियो ।