एकैदिन भारतमा ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि

chautaripati May 6, 2021
एकैदिन भारतमा ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि

नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १० लाख ७० हजार ८५२ पुगेको छ ।

भारतमा १ करोड ७२ लाख ६९ हजार ७६ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख ७१ हजार ६२५ छ ।

यस्तै एकैदिन ३९ सय ८२ संक्रमितको मृत्यु भएसँगै भारतमा मृतक संख्या २ लाख ३० हजार १५१ पुगेको छ ।