. विजय शाहीको मृत्युको खबर भाइरल, के हो सत्य ? - चौतारीपाटी

विजय शाहीको मृत्युको खबर भाइरल, के हो सत्य ?

chautaripati July 27, 2021
विजय शाहीको मृत्युको खबर भाइरल, के हो सत्य ?

काठमाडौँ । मेमोरी किङ्गको रुपमा परिचित विजय शाहीको मृत्युबारे अहिले सामाजिक सञ्जाल फेसबूकमा भाइरल बनेको छ । सुर्खेतका पत्रकार अभिनन्दन बस्नेतले सामाजिक सञ्जाल फेसबूकमा फोटो राख्दै श्रद्धाञ्जली दिएका हुन् । साथै उनको नजिकको शिक्षकले पनि विजय शाहीलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । तर सत्य कुरा भने बाहिर आएको छैन । कसैले यसलाई सत्य भनेका छन् भने कसैले हल्ला फैलाएको बताइरहेका छन् । अभिनन्दन बस्नेतले र दिपक बहादुर शाहीले भने उक्त पोष्ट डिलेट गरिसकेका छन् । यस अनुसार यो खबर सत्य होइन भन्न सकिन्छ ।