. गठबन्धन बैठक बालुवाटारमा जारी, माधव नेपालले पठाए आफ्नो प्रतिनिधि - चौतारीपाटी

गठबन्धन बैठक बालुवाटारमा जारी, माधव नेपालले पठाए आफ्नो प्रतिनिधि

chautaripati July 28, 2021
गठबन्धन बैठक बालुवाटारमा जारी, माधव नेपालले पठाए आफ्नो प्रतिनिधि

काठमाडौं । मन्त्रिपरिषद विस्तार तथा सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री शेरवहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ । बैठकमा माधव नेपाल सहभागी छैनन् । उनले आफ्नो प्रतिनिधिको रुपमा डा.विजय पौडेललाई पठाएको छ ।

यसअघिको शीर्ष बैठकमा नेपाल आफैं सहभागी थिए । तर पार्टी एकताको पक्षमा क्रियाशील नेताहरुले वातावरण बिग्रने भन्दै नेपाललाई गठबन्धनका बैठकमा सहभागी नहुन आग्रह गरेका छन् ।

नेपालसँग माओवादी अध्यक्ष प्रचण्डले मंगलवार पनि छलफल गरेका थिए । नेपालले एमाले एकताको प्रयास चलिरहने र आफ्नो पक्ष सरकारमा सहभागी पनि हुने बताएका थिए ।

आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमकै बारेमा छलफल हुने बताइएको छ । मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद विस्तारका बारेमा माधव नेपालसहित शीर्ष नेताहरु पुनः छलफल गरेपछि टुंगो लाग्नेछ ।

जसपा आधिकारिकता विवाद टुंगो लागेपछि अब सरकार विस्तार गर्ने तयारी भइरहेको छ ।