. "एमसीसी" लाई उच्च प्राथमिकता राखेको प्रधानमन्त्री देउवाद्वारा अमेरिकालाई जानकारी - चौतारीपाटी

“एमसीसी” लाई उच्च प्राथमिकता राखेको प्रधानमन्त्री देउवाद्वारा अमेरिकालाई जानकारी

chautaripati July 28, 2021
“एमसीसी” लाई उच्च प्राथमिकता राखेको प्रधानमन्त्री देउवाद्वारा अमेरिकालाई जानकारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी विकास सहयोग मिलियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)लाई आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी अमेरिकालाई दिएका छन् । भारत भ्रमणमा निस्कुनअघि अमेरिकी विदेशमन्त्री एन्टोनी जे. ब्लिन्केनले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेका थिए।सोही टेलिफोन कुरानकानीका क्रममा प्रधानमन्त्री देउवाले ब्लिन्कनलाई उक्त जानकारी दिएका हुन्।नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका केही सांसदलहरुले विरोध गर्दा एमसीसी अनुमोदनको लागि संसदमा पेस हुन सकेको छैन । देखापढीबाट