हिरा लोप्चनको ‘ह्याङ्ला ब्रेल्साङ’ गीत बजारमा

संवाददाता January 1, 2021
हिरा लोप्चनको ‘ह्याङ्ला ब्रेल्साङ’ गीत बजारमा

काभ्रे । हिरा लोप्चनको पहिलो सांगीतिक कोसेली “ह्याङ्ला ब्रेल्साङ” बजारमा आएको छ । गायक एवम् संगीतकार जोगलाल लामा र सुस्मिता स्याङ्तानको स्वरमा रहेको उक्त सार्वजनिक भएको हो ।

गायक एवम् संगीतकार मिलन लोको शब्दमा रहेको उक्त गीतमा संगीतकार जोगलाल लामाले संगीत संयोजन गरेका हुन् । सेलो सरगम रेकर्डिङ गरिएकको सो गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन् ।

हिरा लोप्चनको जन्मस्थान काभ्रेको रोशी गाउँपालिका हो । ६ बर्षको सानै उमेरमा बाबुको मृत्यु भएपछि जसोतसो घरको जिम्मेवार उनी आफैंले सम्हाले । जेनतेन गरी वि. सं. २०७० सालमा एसएलसि पास गरेपछि सुनौलो भविष्यका निम्ति विरानो शहर काठमाडौँलाई रोजे ।

काठमाडौँ शहर,हुने खानेलाई त व्यग्र पिर चिन्ता हुन्छन्,झन् गाउँबाट पसेका अन्जानलाई पिर चिन्ता नपरोस् पनि कसरी । यस्तैयस्तै दुखसुखका बाबजुद पनि कक्षा १२ पास गरे । त्यसपछि उनले विदेश जाने निर्णय लिए किनकि नेपालमा रोजगारले आफ्नो पेट पाल्न त मुश्किल हुन्छ,त्यो पनि काम पाए । झन् उनलाई आफ्नो लागी भन्दा पनि परिवारका चाँजोपाँजो मिलाउनुपर्ने हुन्थ्यो । त्यसकारण रोजगारका लागी जबर्जस्त मलेसिया गए ।

आफ्नो देश,देशको माटो,संस्कृति,संस्कार,भाषा,धर्मलाई माया नगर्ने नागरिक को होला ? सबैले गर्छन्,यो भित्र लोप्चन पनि एक हुन् । उनी गीत संगीतलाई पनि औधी माया गर्ने मान्छे । आफ्नो भाषा,धर्म,संस्कार,संस्कृति इत्यादिलाई संरक्षण गर्नुपर्छ भन्ने मान्यता उनमा थियो । गीत संगीतकै माध्यमबाट संस्कारलाई जगेर्ना गर्नका निम्ति उनले पहिलो सांगीतिक कोसेली “ह्याङ्ला ब्रेल्साङ” गीत बजारमा ल्याएका हुन् ।

आफ्नो पहिलो गीतलाई सबैले माया गर्नहुन्छ भन्नेमा उनी ढुक्क छन् ।