
एजेन्सी । म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
गए राति सम्पन्न खेलमा बर्मिंघम सिटीलाई ३-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले चौथो चरणको यात्रा पक्का गरेको हो ।
सिटीको जितमा बेर्नार्डो सिल्भाले दुई गोल गरे । यस्तै फिल फोडेनले एक गोल थपे ।
खेलको आठौं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
खेलको १५ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ३३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलिया ३-० को जित दिलाए ।
लिड्स भने क्रलेसँग ३-० ले पराजित हुँदै तेस्रो चरणबाट बाहिरिएको छ ।
ब्रिस्टोलले पोर्ट्समाउथलाई २-१ ले हराएर चौथो चरणमा स्थान बनाएको छ ।