चेल्सी एफए कपको चौथो चरणमा प्रवेश

संवाददाता January 11, 2021
चेल्सी एफए कपको चौथो चरणमा प्रवेश

एजेन्सी । एफए कप फुटबल अन्तर्गत गए राती भएको खेलमा मोरेकाम्बेलाई ४-० गोल अन्तरले पराजित गर्दै चेल्सी कपको चौथो चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मासन माउन्ट, टिमो वेर्नेर, कलुम हडसन ओडोई र काइ हाभर्ट्जले एक एक गोल गरे ।

खेलको १८ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

खेलको ४४ औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए ।

खेलको ४९ औं मिनेटमा कलुमले गोल गर्दा चेल्सी ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८६ औं मिनेटमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई ४-० को जित दिलाए ।