माया तामाङ र नरेन लामा अभिनित ‘म्हेन्दो ज्याबा पाटोला’को म्युजिक भिडियो सार्वजनिक

संवाददाता January 14, 2021
माया तामाङ र नरेन लामा अभिनित ‘म्हेन्दो ज्याबा पाटोला’को म्युजिक भिडियो सार्वजनिक

धादिङ । माया थोकर तामाङ र नरेन लामा ब्लेन्देन अभिनित
‘म्हेन्दो ज्याबा पाटोला’ म्हेन्दोमाया गीत सार्वजनिक भएको छ । गायक आरबि लामा र गायिका टिकामाया चोथेनको स्वरमा रहेको उक्त गीतलाई दामिज नुवाकोटले बिहीबार बजारमा ल्याएको हो ।

उनै गायक आरबि लामा वाङ्देनको शब्द संगीतमा रहेको सो गीतलाई दिलकुमार पङ्चोथेनले निर्देशन गरेका हुन् । यसैगरी माया थोकर तामाङ र नरेन लामाको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोलाई छबि राना मगरको सम्पादन गरेका हुन् । सन्चु थोकरले छायांकन गरेको उक्त भिडियोमा विजय थोकर तामाङको कोरियोग्राफ छ भने शृङ्गारमा तृष्ण थापा मगरको रहेको छ ।