
एजेन्सी । सेमिफाइनल खेलमा रियल मड्रीडलाई हराउँदै एथ्लेटिको बिल्बाओले स्पेनिस सुपर कपको फाईनलमा बार्सिलोनासँग भिड्ने पक्का भएको छ ।
बिहिबार राति दोस्रो सेमिफाईनलमा रियल मड्रिडलाई पराजित गर्दै बिल्बाओले बार्सिलोनासंगको भिडन्त पक्का गरेको हो ।
बिल्बाओका लागि राहुल गार्सियाले पेनाल्टीमार्फत दुई गोल गरे भने करिम बेन्जिमाले रियलका लागी फर्काए ।
सुरुवाती अग्रता बिल्बाओले १८ औं मिनेटमा गार्सियाको गोलमा लिएको थियो ।
३८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै गार्सियाले बिल्बाओको अग्रता दोब्बर बनाउने काम गरे । बेन्जिमाले ७३ औं मिनेटमा एक गोल फर्काए ।
फ्रेन्च फरवार्ड बेन्जिमाको अर्को गोलले अफसाईडको मान्यता पाएपछि रियल खेलमा पराजित बनेको थियो ।