मेस्सीले स्पेनिस सुपरकपको फाइनल खेल गुमाउने सम्भावना

संवाददाता January 16, 2021
मेस्सीले स्पेनिस सुपरकपको फाइनल खेल गुमाउने सम्भावना

स्पेनिस सुपरकप उपाधिका लागी भोलि आइतबार राती बार्सिलोनाले एथ्लेटिक क्लब बिल्बओको सामना गर्दैछन् । भोलिको खेलमा कप्तानसमेत रहेका लियोनन मेस्सी मैदान उत्रने सम्भावना न्यून देखिएको स्पेनिस मिडियाले बताएका छन् ।

गत साता ग्रानाडाविरुद्धको खेलमा तिघ्राको मांसपेशीमा चोट बोकेका मेस्सीले फाइनल खेल खेल्ने गुमाउने सम्भावना रहेको स्पेनिस मिडिया मार्काले जनाएका छन् । शुक्रबारको प्रशिक्षणमा मेस्सीले एकल प्रशिक्षणमा सहभागी रहेका थिए । मानसिक रुपमा भोलिको खेलमा सहभागी हुने देखिए पनि मेडिकल टिमले उनलाई अनुमति दिने नदिने अझै टुङ्गो छैन । बार्सिलोना समर्थक मेस्सी मैदानमा देख्न चाहन्छन् ।