काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ ।
आजको बजार भाउ तय गर्दै महासंघले हिजो बुधबारको तुलनामा सुनको मूल्य ७०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम छ ।
हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो । आज १० रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा १३ सय ५० रुपैयाँ कायम छ ।
प्रतिक्रिया दिनुहोस