आज: २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


  • चौतारीपाटी
  • २०८० माघ ९, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • १२५ पाठक संख्या
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार तेस्रो दिनदेखि स्थिर रहेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै लगातार तेस्रो दिनदेखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।
    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ ।

     

    यो साताको आइतबार र सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
    यस्तै, चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासंघले हिजो सोमबारको तुलनामा आज २० रुपैयाँले घटेसँगै प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको जनाएको छ । हिजो तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट