आज: २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

फिलिपिन्समा शक्तिशाली भूकम्प


  • चौतारीपाटी
  • २०८० मंसिर १७, आईतबार मा प्रकाशित १0 महिना अघि
  • २०४ पाठक संख्या
  • काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरुले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् ।

    अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६म्याग्निच्युडको भूकम्प गएको थियो । यसको गहिराइ ३२ किलोमिटर थियो ।

    भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । फिलिपिन्सको सिस्मोलोजी एजेन्सी फिवोलक्सका अनुसार सुनामीको लहर फिलिपिन्सको स्थानीय समयअनुसार मध्यरातमा आउनसक्ने र चार घण्टासम्म जारी रहने अनुमान गरिएको छ ।

    जापानको सरकारी टेलिभिजन एनएचकेले भूकम्पपछि एक मिटर माथिसम्म समुद्री छाल आउनसक्ने चेतावनी जारी गरिएको जनाएको छ । यो चेतावनीपछि दक्षिण–पश्चिमी जापानी तटसम्मका वस्ती खाली गराउन सुरु गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट