आज: २०८१ पौष ११, बिहिबार | Thu, 26, Dec, 2024

विपीन जोशीको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री साउद मङ्सिर २३ गते कतार जाँदै


  • चौतारीपाटी
  • २०८० मंसिर १३, बुधबार मा प्रकाशित १ साल अघि
  • १७८ पाठक संख्या
  • काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जानु हुने भएको छ । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उहाँ यही मङ्सीर २३ गते कतार जान लाग्नुभएको उनको सचिवालयले जनाएको छ ।

    यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।

    त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गर्नुभएको थियो । परराष्ट्रमन्त्री साउदले आज गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपीन जोशीका बुवा आमासँग पनि भेट गर्नु भएको छ । कतार बसाइँका क्रममा उनले दोहा २१औँ फोरममा पनि सहभागी हुनुहुने उनको सचिवालयले जनाएको छ । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट