आज: २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

बाढी ग्रस्त कागबेनीमा अस्थायी पुल


  • चौतारीपाटी
  • २०८० आश्विन ४, बिहिबार मा प्रकाशित १ साल अघि
  • २२९ पाठक संख्या
  • ढोरपाटन   ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा अस्थायी पुल बनेपछि आवागमन सहज भएको छ । कागखोलामा आएको बाढीले पुल बगाउँदा समस्या भोग्दै आएका स्थानीयले अस्थायी पुल निर्माण गरेर वारपार गर्न थालेका हुन् ।
    वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका पाक्लिङ, कागबेनी, तिरी गाउँका स्थानीयले श्रमदान गरेर कालिगण्डकी नदीमा अस्थायी पुल निर्माण गरेका गाउँपालिकाका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले जानकारी दिए । यसले कागबेनी–तिरी गाउँ जोड्ने छ ।
    कालीगण्डकी नदीमा पानीको बहव घटेपछि स्थानीयले अस्थायी पुल निर्माण गरी वारपार गर्न थालेका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार बाढीले क्षति पुर्‍याएको झण्डै एक महिनापछि कागबेनी–तिरी जोड्ने अस्थायी पुल निर्माण गरिएको हो ।
    पुल तीन गाउँका स्थानीयले श्रमदान गरेर निर्माण गरेको भन्दै आवश्यक बजेट पालिकाले व्यवस्थापन गरेको अध्यक्ष गुरुङले बताउनुभयो । कागबेनी–तिरी जोड्ने सडकका लागि कालिगण्डकीमा पक्की पुल निर्माण गर्न आवश्यक रहेको भन्दै उनले यसका लागि प्रदेश र केन्द्र सरकारसँग माग गर्ने बताए ।
    गत साउन २८ गते कागखोलामा आएको बाढीले सिंगो बस्तीसँगै, खानेपानीको मुहान, मोटरेवल पुल, झेलुङ्गे पुल बगाएको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट