आज: २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध


  • चौतारीपाटी
  • २०८० मंसिर १३, बुधबार मा प्रकाशित १२ महिना अघि
  • १५७ पाठक संख्या
  • पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्ने गरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडाध्यक्षकै अनुगावाइमा बाटो बन्द गरिएको हो ।

    विसं २०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कात्तिकमा म्याद थप गरे पनि अझै काम सुरु गरेको छैन । उसले रु एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको थियो । कम्पनी काम छोडेर बेपत्ता भएपछि पथरी शनिश्चरेको तीन स्थानमा स्थानीयबासीले ढाट लगाएर बन्द गरेका छन् ।

    पथरी शनिश्चरे वडा नं ४, ८ र ९ ले कात्तिक २१ गते तत्काल काम सुरु नगरे बाटो बन्द गर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । वडाध्यक्षहरू लोककिरण न्यौपाने, नवीन कार्की र वीरबहादुर राईले कन्ट्रक्सनले काममा ढिलासुस्ती गरेको भन्दै दबाब दिँदै आएका छन् । आज मनमोहन गान्धी मार्गमा स्थानीयबासीले ढाट लागाएर बाटोमा अवरोध गरेका छन् ।

    पथरी शनिश्चरे नगरपालिका, सुनवर्शी नगरपालिका, रङ्गेली नगरपालिका हुँदै भारतको सीमा छुने ३० किलोमिटरको बाटो लामो समयदेखि अलपत्र हुँदै आएको छ । छँदाछँदैको कालोपत्र उकाएर अलपत्र पारिएको बाटाका कारण स्थानीयबासीले लामो समयदेखि हिलो, घुलो र खाल्डाखुल्डीको समस्या भोग्दै आएका छन् ।

    निर्माण सुरु नभएसम्म बाटो अवरुद्ध गर्ने भन्दै  स्थानीयबासीले बाटैमा धर्ना दिएका छन् । बन्द कर्ता र प्रहरीबीच छलफल भए पनि स्थानीय सरकारले बाटो खोल्न चासो दिएको छैन ।

    यता बाटो निर्माणका क्रममा ड्रेन निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले रकम पाएका छैनन् । कान्छाराम कन्ट्रक्सनले भने हालसम्म करिब रु २७ करोड रकम लगिसकेको हुलाकी राजमार्ग निर्देशनालय इटहरीले बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट