आज: २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

सन्दीप लामिछानेको सजाय आज तोकिँदै


  • चौतारीपाटी
  • २०८० पौष २५, बुधबार मा प्रकाशित १0 महिना अघि
  • १८९ पाठक संख्या
  • काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजाय तोक्दैछ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । सँगै सजाय तोक्न पुस २५ गतेको पेशी तोकेका थिए ।

    फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो । अदालतले गौशाला २६ नाबालिग नभएको ठहर गरेकाले सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनका जानकारहरु बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट