आज: २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउँछ : अध्यक्ष झा


  • चौतारीपाटी
  • २०८० चैत्र ४, आईतबार मा प्रकाशित ८ महिना अघि
  • ९६ पाठक संख्या
  • सिरहा ।  राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिताको विकासले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन । जिम्मेवार र मर्यादित पत्रकारिता अभिवृद्धिका लागि सिरहाको बरियारपट्टीमा आयोजित आधारभूत पत्रकारिता तालिमको आज उद्घाटन गर्दै उनले पत्रकारिताबिना लोकतन्त्र अगाडि बढ्न नसक्ने बताए ।
    अध्यक्ष झाले बदलिँदो समयअनुसार पत्रकारिता पनि मर्यादित र जिम्मेवारपूर्ण हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि पत्रकारले आचारसंहिताको पालनामा ध्यान दिनुपर्नेमा जोड दिए । “पत्रकारिता समाज परिवर्तनको बाहक र लोकतन्त्र मजबुत बनाउने माध्यम भएकाले यसको विकासमा सबैको पहलकदमी जरुरी छ”, उनले भने ।
    कार्यक्रममा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले पत्रकारिता क्षेत्रको विकासका लागि आफू सहयोग गर्न सदैव तयार रहेको बताए। सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा ध्यान दिन उनले आग्रह गरे । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ममता यादव, वरिष्ठ पत्रकार तथा सिरहा विकास मञ्चका अध्यक्ष रामरिझन यादव लगायतको उपस्थिति थियो ।
    उक्त तालिमका सहभागीलाई पत्रकार भरत जर्घामगर, वीरेन्द्र शर्मा, मोहन भण्डारीलगायतले प्रशिक्षण दिए । सिरहा विकास मञ्च र नेपाल प्रेस इन्टिच्यूट बरियारपट्टीको संयुक्त आयोजनमा आयोजित उक्त तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट