काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार नहुने भएको छ । बुधबार सरकारले सार्वजनिक बिदा दिएपछि सेयर कारोबार नहुने भएको हो । नेप्सेले आज सेयर कारोबार नहुने जनाएको छ ।
सरकारले पृथ्वी जयन्तीको दिन बुधबार (पुस २७ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
साथै माघ १ गते माघे संक्रान्तिका दिन पनि कारोबार बन्द रहने नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस