नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । उनलाई ३९ लाख नगद जरिवानाको फैसला पनि विशेषले सुनाएको छ ।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला सुनाएको हो ।
अर्का प्रतिवादी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई पनि ३ वर्ष कैद सजाय र ३९ लाख जरिवाना भराउने फैसला भएको छ ।
अख्तियारले न्यौपाने र पाठक विरुद्ध २०७५ चैत्र १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस