सरकारले संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएको विषयमा छानबिन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले उठाएको विषयको छानबिन गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिएको एक मन्त्रीले जानकारी दिए ।
मंगलबार आचार्यले आफैँलाई आगो लगाएका थिए । बुधबार बिहान उपचारका क्रममा उनको निधन भएको थियो । आचार्यले आत्मदाह गर्नुअघि फेसबुकमा लामो स्टाटस लेख्दै आफूले पाएका हण्डर र भोगेका हैरानीबारे लेखेका थिए ।
आचार्यको निधनपछि उनले उठाएका विषयबारे नागरिकस्तरमा व्यापक टिप्पणी भएको थियो । जसका कारण बुधबार बसेको मन्त्रिपरिषद्ले यो विषयमा छानबिन गर्ने निर्णय लिएको हो ।
ती मन्त्रीका अनुसार आचार्यले उठाएका सबै विषयमा छानबिन गरी यथासक्य चाँडो प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस