काठमाडौं । दोस्रो संस्करणको ‘राइ टु प्रोटिन रन’अन्तर्गत हाफ म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका दीपक अधिकारी र महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ)की फूलमती रानाले जितेका छन् ।
शनिबार बिहान दशरथ रंगशालाबाट सुरु भएको हाफ म्याराथनमा दीपकले निर्धारित दूरी एक घण्टा पाँच मिनेट आठ सेकेन्डमा पूरा गर्दै उपाधि उचाले । फूलमतीले निर्धारित दूरी एक घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि चुमिन् ।
यो स्पर्धाका पुरुष र महिला दुवैतर्फका विजेताले नगद एक लाख रुपैयाँ पुरस्कार पाए ।
नेपाल भेटनरी एसोसिएसनले प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस