काठमाडौं । क्यानडा ११ र नेपाल ‘ए’ बीचको जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले २ सय ४१ रनको लक्ष्य पाएको छ। मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ४९।५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो।
क्यानडालाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याउन श्रेयस मोभाले उत्कृष्ट ब्याटिङ गरे। उनले ८२ बलमा ६८ रन बनाए।
त्यस्तै, नवनित दलिवालले ४६ रन बनाउँदा आरोन जोनसनले ३६ रन बनाए।
नेपालका लागि साहव आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २(२ विकेट लिए।
प्रतिक्रिया दिनुहोस