काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ । कीर्तिपुरको टीयू मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै केबल १ सय ७७ रनमा समेटियो ।
नामिबियाका जेजे स्मिटले ५० रन प्रहार गरे । त्यसैगरी, जान फ्राइलिङ्कले ३७ रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । खेलमा कुशल मल्लले ५५ रन बनाए ।
प्रतिक्रिया दिनुहोस